
काठमाडौं, १० भदाै । यातायात व्यवसायी, सवारी चालक, कानुन व्यवसायी तथा जनस्तरबाट चर्काे विराेध भएपछि सरकार इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्ने निर्णयबाट पछि हटेको छ ।
यसअघि सरकारले आगामी असोज १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्ने निर्णय गरेकाे थियाे । साे निर्णय कानुन बिपिरत छ, संविधानमा स्पष्ट रुपमा सरकारी कामकाजिको भाषा नेपाली हुनेछ भन्ने लेखिएकाे छ।
अर्काे कुरा यसले नेपाली भाषालाई अवमूल्बायन गरेकाे विज्ञहरुले बताएका छन् । याे राष्ट्र र राष्ट्रियतासंग जाेडिएकाे विषय पनि हाे । विदेशकाे अनुभवलाई हेर्ने हाे भने आफ्नाे भाषा र अन्तराष्ट्रिय भाषा अंग्रेजीमा भाषामा लेखिएकाे हुन्छ । यहाँ त एकैपटक लाखाै नम्वर प्लेटमा अंग्रेजीमा भाषा प्रयाेग गर्न भनियाे जाे राष्ट्रकाे पक्षमा छैन ।
सर्बत्र विराेध भएपछि यातायात व्यवस्था विभागले आज एउटा सूचना प्रकाशित गरेरी आफू अनुकूलको समयमा यातायात व्यवस्था कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने बताएको छ।
बिभागले अनिबार्य रुपमा इम्बोस्ड नम्बर जडानकाे निर्देशनपछि दिएपछि इम्बोस्ड नम्बर प्लेट जडान गर्न जानेहरुकाे लामो लाइन लागेको थियो ।

























