काठमाडौं, २९ साउन । साताकाे शेयर काराेबार हुने अन्तिम दिन बिहिबार नेप्सेमा सामान्य अंककाे बृद्धि भएकाे छ । केहि दिनहरुदेखि नेप्से नकारात्मक लयमा गइरहेकाेमा यसदिनकाे सकारात्मक लयले अब हरियाली बन्छकि भन्ने अपेक्षा जगाएकाे छ ।

बिहिबार नेप्सेमा १.६२ अंककाे बृद्धि भएर २७८८.३६ विन्दुमा उक्लिएकाे छ । सेन्सेटिभ इण्डेक्स ०.९३ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.११ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंकले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । २४९ वटा कम्पनीको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयरकाे किनबेच हुँदा ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ बराबरको काराेबार भएकाे छ । बुधबार ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँ बराबरको शेयरकाे काराेबार भएकाे थियो ।

नेपाल रिपब्लिक मिडियाको शेयर मूल्यमा सर्किट लागेर काराेबार भएको छ । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५.५६ प्रतिशतले बढेकाे छ। कुमारी सवल योजना, राधी विद्युत् र अपर स्याङ हाइड्रोपावर कम्पनीको मूल्य ४ प्रतिशत बढीले बढेको हो ।

म्यूचुअल फण्डको इकाई सबैभन्दा बढी घटेको छ । एनआईसी एशिया फ्लेक्सि क्याप फण्ड, एनआईसी एशिया सेलेक्ट ३० र एनआईसी एशिया ब्यालेन्स फण्डको इकाईमूल्य ६ प्रतिशत बढीले घटेको छ ।

कारोबारकाे आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडी रहेकाे छ । कम्पनीको ४७ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। एनआरएन इफ्राइस्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ४१ करोडको शेयर काराेबार भएकाे नेप्सेले जनाएकाे छ ।

१३ उपसमूहहरुमध्ये ५ वाटामा हरियाे लागेकाे छ । बाँकी रहेका ८ उपसमूहहरुमा राताे लागेकाे छ। विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक बढेको छ । बैंकिङ, फाइनान्स, होटल, हाइड्रोपावर, जीवन बीमा, माइक्रोफाइनान्स, म्यूचुअल फण्ड र र्निजीवन बीमा उपसमूहको परिसूचक घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0