
पाेखरा, २९ साउन । संगममार्ग महिला समूह पोखरा ८, ९ को १२ औं साधारण सभा तथा ८ औं अधिवेशनले गंगा आर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ ।
समितिको उपाध्यक्षमा रीता लामिछाने, सचिवमा रजनी र्शमा, सह सचिवमा सपना बि.क, कोषाध्यक्षमा लश्मी कुँवर र सदस्यहरुमा रोशनी रिमाल, इन्द्र श्रेष्ठ, कल्पना सुवेदी भण्डारी र लक्ष्मी राना रहेका छन्।
साधारण सभाको शुभारम्भ गर्दै ब्रम्हा कुमारी इश्वरीय विश्वबिधालय पश्चिम नेपालका अध्यक्ष परिणीता दिदिले महिलाको क्षमता र दक्षताले समाज संंचालनमा रहेकाले महिला शक्तिले आफ्नो क्षमतालाई सकृय बनाउनु पर्ने बताइन् ।
कार्यक्रममा पोखरा महानगर पालिका वडा नं ९ का पूर्व अध्यक्ष रामराज लामिछाने, वडा सदस्य गीता नेपाली, सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापा, संस्थाका अध्यक्ष लक्ष्मी त्रिपाठी वास्तोला, टोल समन्वय संस्थाका अध्यक्ष जया वास्तोला, कुँवर समाजका अध्यक्ष कृष्ण कुँवर, संगममार्ग टोल संस्थाका पुर्व अध्यक्ष ढाकाराम लामिछाने लगायतले स्थानिय स्तरमा टोल संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए ।
संस्थाका अध्यक्ष इन्दिरा लामीछानेको सभापतित्वमा भएको कार्यक्रममा स्वागत शुसिला श्रेष्ठ, सचिव रीता लामिछाने, कोषाध्यक्ष लक्ष्मी कुवरले संस्थागत प्रतिवेदन राखेका थिए ।

























