बर्लिन, २५ साउन । जर्मन चान्सलर फ्रेडरिक मर्जले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सुरक्षा, आर्थिक र आप्रवासन नीतिमा व्यापक परिवर्तन गर्नुभएको छ । फेब्रुअरीमा निर्वाचित भएपछि हर्षित हुँदै चान्सलर मर्जले गर्वसाथ गरेको पोस्टमा भनिएको थियो, “जर्मनी फर्केको छ।”

६९ वर्षको उमेरमा युरोपको शीर्ष अर्थतन्त्र सञ्चालन गर्ने आफ्नो जीवनको महत्वाकाङ्क्षा हासिल गरेपछि मर्जले मुख्यतः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा फैलिएको ट्रान्साटलांटिक अशान्तिको प्रतिक्रियामा जर्मनीको नीतिमा व्यापक परिवर्तनको घोषणा गर्नुभएको थियो ।

पूर्ववर्ती ओलाफ स्कोल्जको नेतृत्वमा तीन कमजोर वर्षहरू पार गरेको भन्दै उहाँले भन्नुभयो, “आगामी दिनमा मेरो नेतृत्व जर्मनीको अर्थव्यवस्था, सेना र बर्लिनको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई पुनर्जीवित गर्नमा व्यतित हुनेछ ।” पदभार ग्रहण गर्नुअघि नै मर्जको क्रिश्चियन डेमोक्र्याट्स (सीडीयू÷सीएसयू) र स्कोल्जको सोसल डेमोक्रयाटिक पार्टी (एसपीडी) का गठबन्धन सहयोगीले ऋण नियमहरू खुकुलो पारेका थिए र जर्मनीको सशस्त्र सेना र यसको ध्वस्त पूर्वाधारका लागि सयौँ अर्ब युरो बजेटको घोषणा गरिसकेका थिए ।

मर्जले शत्रुतापूर्ण रूसको सामना गर्दै ‘युरोपको सबैभन्दा ठूलो परम्परागत सेना’ निर्माण गर्ने र पेरिस र लण्डनसँग लकस्टेपमा युक्रेनको लागि बलियो समर्थन कायम राख्ने प्रतिज्ञा गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0