Home विजनेस अर्थ सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, ताेलाकाे २ लाख नजिक

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, ताेलाकाे २ लाख नजिक

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, ताेलाकाे २ लाख नजिक

काठमाडौं, २३ साउन। सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला रु एक लाख ९९ हजार ४०० पुगेको छ ।

बिहीबार प्रतितोला रु एक लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाला सुन आज तोलामा रु एक हजारले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला रु दुई हजार ३१५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला रु दुई हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here