सडक अवरुद्ध मध्यविन्दु (नवलपरासी), १५ असार ः पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्ने क्षेत्रमा पहिरो जाँदा रोकिएका सवारीसाधन । दाउन्ने खण्डमा तीन ठाउँमा पहिरो जाँदा गएरातिदेखि सडक अवरूद्व भएको छ । तस्बिर ः विष्णुप्रसाद गौडेल÷ रासस

नारायण शर्मा, नवलपरासी २० साउन । वर्षादका कारण दाउन्नेमा लामो जाम नहोस भनेर प्रहरीले सोमवार दिउसोदेखि नारायणगढवाट पश्चिम तर्फ हिडेका लामा गाडि ३० किलोमिटर पूर्व कावासोतीमा रोकेको छ ।

नारायणगढ हुदै पश्चिम बुटवल तर्फ हिडेका गागि दाउन्नेको उकालोमा हिलोमा फस्ने गरेका कारण कावासोतीमा रोकन परेको प्रहरी उपरिक्षक यादब ढकालले जानकारी दिए । दाउन्ने जाने राजमार्ग उकालो भएका कारण दाउन्नेमा लामो जाम नहोस भन्न नारायणगढ हुदै बुटवलतर्फ हिडेका ट्रकहरु ३० किलोमिटर पूर्व कावासोती र दुम्कीवास स्थित होंसि सिमेन्ट गेटमा रोकेका छौ ढकालले भने सोमवार सांझ सम्म कावासोतीमा तिनसय भन्दा धेरै ट्रक रोकिएको छ ।

दुम्कीवासवाट ३ किलोमिटर पश्चिम विश्वकर्मा मन्दिर नजिक पुरेको सडक भासिएका कारण त्यहा गाडि वारपार गर्न कठिनाई भैरहेको छ ।

प्रहरीका अनुसार विश्कमर्मा मन्दिर नजिकमा एक पटकमा एउटा मात्रै गाडि वारपार गराइएका कारण ६ किलोमिटर पूर्व सम्म गाडिको जाम छ । गाडि पालैपालो वारपार गराएका कारण त्यहा जाम भएको हो । यात्रबहाक वस र साना गाडिलाई प्रथामिकतामा राखेर दाउन्नेमा गाडि वारपार गराइएको प्रहरीले जानकारी दियो ।

इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरिक्षक राजन तिमिल्सीनाले भने दाउन्नेमा सडक ठप्प पनि छैन । सरर गाडि हिडेको पनि छैन । विश्वकर्मा मन्दिर नजिकमा निर्मँणाधिक पुलमा गाडि फसेका कारण एक पटकमा एउटा गाडि मात्र वारपार गराउन परेकाले लामो जाम भएको छ । त्यहि निर एउटा मालबहाक ट्रक बिग्रीएका कारण समस्या थपिएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0