नारायण शर्मा, नवलपरासी, १५ साउन । प्रहरी कल्याणकोषको आर्थिक लगानीमा कावासोतीमा पेट्रोल पम्प निर्माण भएको छ । शिलान्यास गरेको ११ महिनामै अत्याधुनिक सुबिधा सहितको पम्प निर्माण भएको हो ।

प्रहरी कल्याणकोषको ११ करोड ७० लाखमा गत भदौ पहिलो सातावाट निर्माण शुरु गरिएको पम्पको सबै काम सकिएको छ । पूर्वी नवलपरासीको जिल्ला सदरमुकाम कावासोती स्थित जिल्ला प्रहरी कार्यालयको अघिल्तिर पम्प निर्माण भएको छ । तत्कालिन डिआइजि टेक राईले गत भदौ ७ गत पम्पको शिलान्यास गरेका थिए ।

शिलान्यास गरेको ११ महिना भित्र पम्प निर्माण काम सकिएको हो । शिलान्यास गर्दा निर्माण अबधि १८ महिनाको थियो । लक्ष्य भन्दा अगावै पम्प निर्माण सकिएकाे कारण भदौ पहिलो साता यो पम्पवाट सेवा शुरु हुने भएको छ ।

पूर्वी नवलपरासीका प्रहरी प्रमुख यादब ढकालले अबको तिन सातामा पम्पवाट सेवा शुरु गर्ने लक्ष्य राखेको जानकारी दिए । प्रँबिधिक कारणले केहि समस्या नभए भदौ पहिलो सातावाट सेवा दिने लक्ष्य रहेको ढकालले सुनाए ।

महेन्द्रराजमार्गमा सटेको यो पम्पमा ४ ठाउवाट एकै पटक ८ वटा सवारी साधनमा इन्धन राख्न मिल्छ । पूर्वी नवलपरासीमा रहेका १६ वटा पम्प मध्ये यो धेरै क्षमताको अत्याधुनिक सुबिधाको पम्प हो । क्याफे र चार्जिंग सुबिधा सहितको यो पम्प २४ घण्टा संचालन हुने बताइएको छ । प्रहरीद्धारा निर्मित यो पम्प जिल्लाको सबै भन्दा धेरै क्षमताको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0