
पोखरा, ११ साउन । पोखरा वडा नं ४ मा रहेको गण्डकीकै प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा आज हजुरबुबा हजुरआमा दिवस विद्यार्थीका अभिभावक हजुरबुबा हजुरआमासंगै मनाईएको छ ।
मन्टेश्वरी तथा कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई उनीहरुका हजुरबुबा हजुरआमासंगै विद्यालयको सभाहलमा अलग अलग कार्यक्रम गरेर सो दिवस मनाईएको हो । सो अवसरमा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । हजुरबुबा हजुरआमालाई विभिन्न खेलमा सहभागि गराईएको थियो ।
विद्यालयक संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीलाई सानै उमेरदेखि विभिन्न प्रकारका ज्ञानवर्धक अतिरीक्त क्रियाकलापमा संल्गन गराउँदा उनीहरुले अतिरीक्त ज्ञान हाँसिल गर्ने बताए । सानै उमेरबाट दिवसहरु, आफ्नो, संस्कार, संस्कृति, भित्रि था बाह्य वातावरण, सामाजिक सेवा र सत्कार लगायतका विषयहरु घुलमिल गराउन सकियो भने असल मानिस बन्न र भविष्यमा त्यसले पहिचानको काम गर्ने बताए ।
“अग्रजका कुराहरु सुन्नु पर्छ” त्यसै भनिएको होईन । उहाँहरुसंग जीवन भोगाईका थुप्रै, ज्ञानका धेरै कुराहरु हुन्छन् । अर्को कुरा बालबालिकाले हजुरबुबा हजुरआमासंगै रहन, खेल्न र कुराकानी गर्न मन पराएँछन् र उनीहरुका नजिकका माया गर्ने बालबच्चाहरु र बालबच्चाका लागि हजुरबुबा हजुरआमाहरु नै हुन्छन् ।
हजुरबाबा हजुरआमा दिवस मनाउनुको मुख्य उद्देश्य पनि त्यहि हो । उहाँहरुप्रति सम्मान, माया, कदर र कृतज्ञता प्रकट गर्नु हो । यो दिन विशेष गरी उहाँनीहरूले हाम्रो जीवनमा पुर्याएको योगदानको कदर गर्न र उहाँहरूको माया, त्याग र योगदानलाई सम्झनका लागि मनाउने गरिएको छ ।
हाम्रो जीवनमा हजुरबाबा हजुरआमाको अनुभव, ज्ञान र माया अमूल्य हुन्छ । यस दिन उनीहरूलाई विशेष सम्मान गरिन्छ ।
परिवार, संस्कृति र मुल्यहरूको संरक्षणमा पुर्याएको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले यो दिन उहाँहरूप्रति आभार प्रकट गरिन्छ।
जेठो पुस्ताबाट नयाँ पुस्तामा संस्कार, भाषा र परम्पराहरू हस्तान्तरण गर्न यस्ता दिवसहरूले महत्वपूर्ण भूमिका खेल्ने पालिखेले बताए ।
कार्यक्रमको आरम्भमा प्रि एक र दुईका विद्यार्थीद्वारा मन्त्रोच्चारण गरिएको थियो । सो अवसरमा विद्यार्थीले विभन्न प्रकारका नृत्य नाटक प्रस्तुत गरेका थिए ।
मन्टेश्वरी इन्चार्ज अमृता आलेले सहभागिहरुलाई स्वागत गर्दै हजुरबुबा हजुरआमा घर, समाजका पहिलो गुरु भएका बताईन् । उहाँहरुमा जीवन भोगाईका धेरै ज्ञानहरु हुन्छन् जो हाम्रा लागि मार्गदर्शक बन्न सक्छन् उनले भनिन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु मीना पालिखे, रश्मी पालिखे, कुशल पालिखे, सोसल इन्चार्ज सजनी माजु, नृत्य प्रशिक्षक सजिना गुरुङ लगायतको उपस्थिति रहेको थियो । संचलन शिक्षक निलम प्रधानले गरेकि थिइन्।




























