जेनेभा, ११ साउन । संयुक्त राष्ट्रसङ्घका उच्च प्रविधि प्रमुखले कृत्तिम बौद्धिकता (एआई) को नियमनका लागि विश्व समुदायले तत्काल विश्वव्यापी दृष्टिकोण खोज्नुपर्ने बताएका छन् । राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) का प्रमुख डोरिन बोगदान–मार्टिनले एएफपीसँग कुरा गर्दै एआईले वास्तवमै मानवतालाई फाइदा पु¥याउन सक्ने विश्वास व्यक्त गरे।

तीव्र गतिमा अघि बढिरहेको प्रविधिले ठूलो संख्यामा रोजगारी गुम्ने डर, डिपफेक र गलत सूचनाको फैलावट र समाजमा यसको प्रयोगले पार्ने नकारात्मक प्रभाव र जोखिमका बारेमा चिन्ता बढ्दै जाँदा उनले नियमन मुख्य रहेकोप्रति जोड दिए। उनले भने, “सही ढाँचा प्राप्त गने मार्ग कोर्र्न एक वैश्विक दृष्टिकोणको आवश्यकता छ ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका एआईमा चीनभन्दा अगाडि रहेको पुष्टि गर्न यसै साता कम नियमन गर्ने आक्रामक रणनीति सार्वजनिक गरेपछि उनको यो टिप्पणी आएको हो ।

करिब ९० भन्दा बढी प्रस्तावहरूमध्ये ट्रम्पको योजनाले व्यापक विनियमनको माग गर्दछ, प्रशासनले ‘अनावश्यक बन्देज र र कठोर नियमन हटाउने’ वाचा गरेको छ जसले निजी क्षेत्रको एआई विकासमा बाधा पु¥याउन सक्छ। एआई प्रविधिको नियमनका लागि कम आग्रह गर्ने दृष्टिकोणको बारेमा उहाँको चिन्ता छ कि छैन भनी सोधिएको प्रश्नमा बोगदान–मार्टिनले कुनै टिप्पणी गर्न अस्वीकार गर्दै भने, “उनले अझै पनि अमेरिकी योजनालाई पचाउने प्रयास गरिरहेका छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0