पाेखरा, १० साउन । पोखरा महानगरपालिका वडा नं ५ मा रहेको अग्रणी सामाविक संस्था सूर्यचन्द्र विकास समाजको ३२ औं साधारण सभा तथा १६ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

अधिवेशनबाट सावित्री कोईरालाको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको छ । उपाध्यक्षमा हेमराज भण्डारी, महासचिवमा दीपक प्रसाद बराल, सचिवमा प्रदिप सुवेदी, कोषध्यक्षमा माधव प्रसाद वाँस्तोला चयन भएका छन् ।

यस्तै सदस्यहरुमा विमल श्रेष्ठ, संगीता कोईराला, दिन दयाल पाण्डे, विन्दु पौडेल, महेन्द्र दाहाल र सुशिला पौडेल चयन भएका छन् । पदेन सदस्यमा कमला गौतम र कार्यकारी निर्देशकमा कृष्णप्रसाद बराल चयन भएका छन् । कार्यक्रममा प्रवन्ध समितिका सदस्यहरुमध्ये उत्कृष्ट कार्य गरेका माधव वाँस्तोलालाई सम्मान गरिएको छ ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ५ का अध्यक्ष विष्णु वरालले समाजसेवामा निरन्तर काम गर्दै आईरहेको समाजको प्रशंसा गदै आगामी दिनहरुमा अँझैं उत्कृष्ट कार्य गर्दै जानेमा विश्वस्त रहेको बताए । उनले सामाजिक कार्यमा वडाबाट गर्नुपर्ने कार्यमा समन्वय गरिनेबताए।

कार्यक्रममा पूर्व वडाध्यक्ष धन बहादुर नेपाली, वडा नं ५ का सदस्यहरु कल्पना क्षेत्री, हरिमाया विश्वकर्मा, गोविन्द पराजुली, मणिराम बराल लगायतको उपस्थिति रहेको थियो ।

यस्तै वडा नं ५ का सामाजिक व्यक्ति, संस्थाका आजिवन सदस्यहरु, अक्षयकोष दाताको बाक्लो उपस्थिति रहेको थियो । उक्त अवसरमा नयाँ समितिमा चयन भएकाहरुलाई पूर्व अध्यक्ष धन बहादुर नेपाली लगायतले नयाँ कार्यकालको सफलताकाे शुभकामना व्यक्त गरेका थिए ।

कमला गौतमको अध्यक्षतामा भएको कार्यक्रम सचिव दीपक बरालले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0