पाेखरा, २९ असार । नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा तथा ICAS को मुख्य प्रायोजनमा सम्पन्न बहुचर्चित सांगीतिक तथा नृत्य प्रतियोगिता ‘गण्डकी स्टार सिजन ६’ को उपाधि प्रतिभा सेकेण्डरी स्कुलले जितेको छ।

नृत्यतर्फ प्रतिभा सेकेण्डरी स्कुलकी छात्रा गृष्मा गौतम ‘गण्डकी स्टार’ को उपाधिमा विजयी घोषित भइन् । गायनतर्फ सौगात सुनारले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरे।

नृत्यतर्फका नतिजा:

विजेता: गृष्मा गौतम

फर्स्ट रनरअप: प्रसिद्धि सुबेदी

सेकेन्ड रनरअप: रेश्मा विक

थर्ड रनरअप: एनि कार्की

मोस्ट पपुलर च्वाइस: गरिमा भट्ट

गायनतर्फका नतिजा:

विजेता: सौगात सुनार

फर्स्ट रनरअप: सोनम गुरुङ

सेकेन्ड रनरअप: ज्योती खड्का

थर्ड रनरअप: केशव पुन

फोर्थ रनरअप: सन्जय पुन रहेका छन् ।

प्रतियोगितामा प्रमुख अतिथिका रूपमा उपस्थित गण्डकी प्रदेश सभा सदस्य माननीय श्याम राजा महतले प्रतिभा विकास, कला प्रवर्द्धन तथा सांस्कृतिक चेतनाका लागि यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताए। उनले नव प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सबैले सघाउनु पर्ने धारणा व्यक्त गरे।

विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय लक्ष्मण बहादुर पाण्डे र विशेष अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्य बहादुर बिखर्चिले विजयी प्रतिभाहरूलाई बधाई दिंदै यस्ता कार्यक्रमको महत्वको चर्चा गरे।

निर्णायक मण्डल:

प्रतियोगिताको निष्पक्ष मूल्याङ्कन गर्न सशक्त निर्णायक मण्डलको सहभागिता रहेको थियो । डा. दिपामाला श्रेष्ठ गुरुङ (सह-प्राध्यापक, पोखरा विश्वविद्यालय) धर्मेन्द्र पौडेल (अध्यक्ष, गण्डकी नृत्य संघ) पूजा ठाकुर (नृत्य प्रशिक्षक) रमेश श्रेष्ठ (संगीतकार तथा गीतकार) करणन तामाङ (संगीतकर्मी) आरजु बिष्ट सल्यानी (पत्रकार तथा गीतकार) झलक गुरुङ (कलाप्रेमी) थिए I

CAS को प्रायोजनमा सम्पन्न गण्डकी स्टार सिजन ६ ले गण्डकी प्रदेशका नव–प्रतिभाहरूको पहिचान र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक संस्थाको भनाइ छ। नन्द इन्टरटेन्मेन्ट हाउसले यस्तो कार्यक्रम भविष्यमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ। प्रतियोगिता पोखरा उद्योग वाणिज्य संघको हलमा भव्य रूपमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0