
पोखरा, १९ असार । मदन भण्डारी फाउन्डेसन कास्कीले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तिको अवसरमा असार २१ गते बृहत् जनवादी सांस्कृतिक कार्यक्रम आयोजनाकाे तयारी गरिरहेकाे भएको छ।
फाउन्डेसन कास्कीका अध्यक्ष माधव बास्तोलाले कार्यक्रम पोखरा सभागृहमा दिउँसो २ बजेदेखि सुरु हुने जानकारी दिए। कार्यक्रममा ख्यातिप्राप्त जनवादी गायक जीवन शर्मा, पूर्णकला बि.सी.,प’रुषाेत्तम न्याैपाने, प्रजापति पराजुली, जीवन दाहाल, तारापति सुवेदी लगायतका कलाकारहरुकाे प्रस्तुतिसहित विभिन्न सांस्कृतिक कार्यक्रमहरू गरिने उनले बताए ।
जननेता मदन भण्डारीको स्मृतिमा स्थापित फाउन्डेसनले उहाँको योगदानलाई दीर्घकालसम्म स्मरणीय बनाउँदै युवा पुस्तालाई जानकारी दिन विचार गोष्ठी, स्मारिका प्रकाशन लगायत समाज विकासका उद्देश्यले विभिन्न रचनात्मक कार्यक्रमहरू गर्दै आइरहेको छ।
अध्यक्ष बास्तोलाले प्रबेश नि:शुल्क रहने कार्यक्रममा सहभागिता जनाउन सबैमा आग्रह गरेका छन्।























