वासिङ्टन, १८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई गाजामा ६० दिने युद्धविराम स्वीकार गर्न आग्रह गरेका छन् । इजरायलले यस्तो सम्झौतालाई अन्तिम रूप दिन सहमति जनाएको भन्दै उनले त्यस्तो आग्रह गरे। यद्यपि इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रमा आफ्ना अपरेसनहरू तीव्र पारेको छ ।

अर्को हप्ता प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वासिङ्टन भ्रमणअघि आफ्ना प्रतिनिधिहरूले बढ्दो द्वन्द्वका बारेमा इजरायली अधिकारीहरूसँग भेट गरेको सामाजिक सञ्जालमा पोस्टमा ट्रम्पले बताए। “इजरायलले ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको छ, यस अवधिमा हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौँ”, ट्रम्पले लेखे। उनले द्वन्द्वमा मध्यस्थता गर्ने कतार र इजिप्टका प्रतिनिधिहरूले ‘यो अन्तिम प्रस्ताव’ पुर्‍याउने बताए।

“म आशा गर्दछु, मध्यपूर्वको हितका लागि हमासले यो सम्झौता स्वीकार गर्छ किनभने यो राम्रो हुनेछैन–यो खराब मात्र हुनेछ”, उनले लेखे। यसअघि मङ्गलबार ट्रम्पले जुलाई ७ मा नेतान्याहुसँग भेट हुँदा उनी ‘धेरै कडा’ हुने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0