नारायण शर्मा, पूर्वी नवलपरासी १५ असार। वर्षादले अबरुद्ध रहेको दाउन्ने सडक खण्डमा साना सवारी साधन संचालन हुन थालेको छ ।

आइतबार बिहानको वर्षापछि दाउन्नेमा गाडी फसेर दिउसो १२ बजेवाट यातायात ठप्प थियो । वर्षाद रोकिएपछि अहिले साना गाडि र यात्रुबहाक बस चल्न थालेको छ । त्यहा फसेका गाडि निकालेर मालबहाक ट्रक र लरी आउजाउ गर्न नदिएपछि सानागाडि संचालन भएको हो ।

पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालले महेन्द्रराजमार्ग हुदै पूर्व पश्चिम हिडेका सबै मालबहाक गाडि दुम्कीवास र बर्दघाटमा रोकिदिएपछि साना गाडि र बस चल्न थालेको जानकारी दिए । ढकालका अनुसार आइतवार दिउसो साढे ३ बजेवाट त्यहा यातायात सुचारु भएको हो ।

पूर्वी नवलपरासीको दुम्कीबास र पश्चिम नवलपरासीको बर्दघाट बजारको बीचमा १४ किलोमिटर लामो दाउन्ने सडकमा वर्षा हुनेबित्तिकै हिलाम्मे भएर गाडी फस्ने अनि यातायात नै ठप्प हुने समस्यो दिनहु जसो दोहोरिरहेको छ ।

चिनिया ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पेरेसनले राजमार्ग स्तरोन्नतिको काम जिम्मा लिए पनि ६ वर्षसम्म सडक स्तरोन्नति पूरा गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0