
काठमाडौं, ११ असार । नेप्सेमा लगातार गिरावट भएकाे छ। नेप्से परिसूचक करिब स्थिर जस्तै देखिएकाे छ। हिजाेकाे कारोबारमा स्थिर जस्तै रहेको नेप्सेमा यसदिन पनि उस्तै दृश्य देखिएकाे हाे ।
नेप्सेमा ०.३३ अंककाे गिरावट भएर २६००.२० विन्दुमा रहेकाे छ। सेन्सेटिभ इण्डेक्स ०.०५ अंकले घटेको छ । फ्लोट इण्डेक्स भने ०.०६ अंकले बढेको छ। सेन्सेटिभ फ्लोट इण्डेक्स स्थिर छ।
कारोबार रकममा थाेरै बृद्धि भएकाे छ। मंगलबार ५ अर्ब ७६ करोडकाे काराेबार भएकाेमा बुधबार ३११ कम्पनीहरुकाे ६१ हजार ८२४ पटकको कारोबारबाट ५ अर्ब ९४ करोड २८ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ३७ लाख ५९ हजार कित्ता शेयरकाे काराेबार भएकाे छ।
मोदी इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेकाे छ। कम्पनीको शेयरमूल्य ३० रुपैयाँ १२ पैसा बढेर ३३१ रुपैयाँ ५० पैसामा कारोबार भएको छ। तेह्रथुम पावरको शेयरमूल्य साढे ९ प्रतिशत बढी बढेको छ । पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढी बढेको छ। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.५१ प्रतिशत घटेको छ।
कारोबारकाे आधारमा बुटवल पावर कम्पनी अगाडी रहेकाे छ। कम्पनीको ५३ करोड ९४ लाख ५७ हजार रुपैयाँ बराबरको काराेबार भएकाे छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३६ करोडभन्दा बढीकाे शेयर काराेबार भएकाे छ । राधी विद्युत कम्पनीको २५ करोडको कारोबार भएको छ।
१३ उपसमूहमध्ये ६ उपसमूहहरुको परिसूचक बढेको छ । ७ वटाकाे घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक १.४३ प्रतिशतले बढेको छ। व्यापार उपसमूहकाे परिसूचक १.०७ प्रतिशतले घटेकाे छ। बैंकिङ्ग, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचकमा केहि बृद्धि भएकाे छ ।























