
संयुक्त राष्ट्रसङ्घ, ९ असार । आफ्नो प्रभाव बदनाम भएको र बजेट चकनाचुर भएको अवस्थामा संयुक्त राष्ट्रसङ्घले आफ्नो ८०औँ वार्षिकोत्सव मनाउँदै गर्दा आलोचनाको आँधीको सामना गरिरहेको छ । साथै यसले ध्रुवीकृत तथा द्वन्द्वग्रस्त संसारलाई यो पहिले भन्दा बढी महत्त्वपूर्ण छ भनी विश्वस्त पार्ने प्रयास गरिरहेको छ ।
संयुक्त राष्ट्रसङ्घका एक सय ९३ सदस्य राष्ट्रले बिहीबार सङ्गठनको आधारभूत सन्धि, संयुक्त राष्ट्रसङ्घ बडापत्रमा सन् १९४५ जुन २६ मा सान फ्रान्सिस्कोमा हस्ताक्षर भएको दिन मनाउनेछन् । अनुमोदनपछि संयुक्त राष्ट्रसङ्घ अक्टोबर २४ मा अस्तित्वमा आयो । यो वार्षिकोत्सव त्यस समयमा आएको छ जतिबेला विश्व निकायले बहुआयामिक सङ्कटको सामना गरिरहेको छ र यसको भविष्यका बारेमा प्रश्नहरू खडा गरेको छ ।
“शीतयुद्धको अन्त्य भएदेखि हामीले रुवान्डाको नरसंहारदेखि इराक युद्धसम्मका मामिलाहरूमा सङ्गठनको सङ्घर्ष देखेका छौँ”, इन्टरनेसनल क्राइसिस ग्रुपका विश्लेषक रिचर्ड गोवानले भन्नुभयो, “जब प्रत्येक ठुलो सङ्कट आउँछ, टिप्पणीकारहरूले संयुक्त राष्ट्रसङ्घ समाप्त भएको घोषणा गर्छन् । तर अझै पनि यो जीवित छ ।” युक्रेन र गाजामा भएका प्रमुख द्वन्द्वहरूमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को कार्य गर्न असफल भएकामा ‘गहिरो निराश’ भएका धेरै देशलाई औँल्याउँदै उहाँले स्वीकार गर्नुभयो, “यसो भने यो विशेष गरी नराम्रो क्षण हो ।”
त्यो निष्क्रियता मुख्यतया परिषद्का पाँच स्थायी सदस्यहरू–बेलायत, चीन, फ्रान्स, रुस र संयुक्त राज्य अमेरिकाको भिटो शक्तिको कारण हो । उनीहरूका प्रतिस्पर्धी स्वार्थहरू छन् । “समग्रमा संयुक्त राष्ट्रसङ्घ प्रणालीको विश्वसनीयताको सङ्कट छ र सङ्गठनका सदस्यहरूसँग यसलाई बचाउनका लागि स्रोत वा राजनीतिक ऊर्जा छ कि छैन भन्ने स्पष्ट छैन”, गोवानले भन्नुभयो ।
फ्रान्सेली अन्तर्राष्ट्रिय र रणनीतिक मामिला संस्थानका अनुसन्धान सहयोगी रोमुआल्ड सिओराका लागि विश्वसनीयताको मुद्दाले विश्व मञ्चमा पहिले नै न्यून राजनीतिक प्रभाव भएको सङ्गठनको वस्तुतः लोप मात्र गर्न सक्छ । “संयुक्त राष्ट्रको १००औँ वार्षिकोत्सवसम्म पनि यसको अस्तित्व समाप्त हुनेछ भन्ने कुरामा म निश्चित छैन”, सियोराले भन्नुभयो, “म बिस्तारै लोप हुँदै गएको देख्छु र राष्ट्रसङ्घ केही हदसम्म भूत जस्तो बन्नेछ, जस्तै यी पुराना संस्थाहरू जसको नाम हामीले बिर्सेका छौँ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























