
पोखरा, ३१ जेठ । ट्रायम्फ ब्राण्डको मोटरसाइकल शोरुमको पोखारा शोरुमको उद्घाटन गरिएको छ । ट्रायम्फले शनिवार पोखराको नयाँबजारमा शोरुमको औपचारिक उद्घाटन गरेको हो ।
शोरुममो आधिकारीक डिलरको रुपमा इच्छाशक्ति अटोमोवाइल्स रहेको छ । २ मोडलमा उपलब्ध मोटरसाइकलको हाल बजार मुल्य ट्रायम्फ स्पीड ४०० को ६ लाख ४९ हजार ९ सय र स्क्रयाम्बलर ४०० एक्सको मुल्य ६ लाख ९९ हजार ९ सय रहेको छ।
शोरुमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले गरेका हुन् । सो अवसरमा बोल्दै मन्त्री थापाले विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फको डिलर सञ्चालनले मोटरसाइकल पारखीहरुलाई खरिद गर्न सहज हुने बताए ।
इच्छाशक्ति अटोमोवाइल्स कम्पनिका अध्क्षय इच्छामान बुद्धचार्यले नेपालमा ट्रायम्फको विस्तारले बाइकरहरुलाई अन्तराष्ट्रिय मोटरसाइकलसगँ अझ नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्ने बताए । इच्छाशक्ति अटोमोवाइल्स कम्पनिका प्रमुख आगोष बुद्धचार्यले स्थानिय ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले खुसि मिलेको बताए ।
म्यानेजर सागर थापाले मोटरसाइकल केवल सवारीसाधन मात्रै नभएर निर्भरता, अखण्डता र विश्वासको प्रतिक भएको जनाए । कार्यक्रममा शेखर गोल्छा ग्रुपका अभिमन्यु गोल्छा, पोखरा उद्योग बार्णिज्य संघका कार्यसमितिका पदाधिकारीहरु, पोखराका उद्योगिहरु लगाएत मोटरसाइकल खरिदकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
पोखराको यो नयाँ सोरुममा प्रशिक्षित अन्तराष्ट्रियस्तरको सेवा सुविधा उपलब्ध गराइएको छ। कम्पनीले आफ्नो आउटलेटलाई बिक्री, सेवा र स्पेयर पाट्ससहितको सबै सेवासुविधा रहेको पनि जनाएको छ ।


























