काठमाडौं, २८ जेठ । लगातार दुई दिन सकारात्मक रहेकाे नेप्से बुधबार ओरालो लागेकाे छ । दुई दिनपछिकाे ओरालोकाे यात्राले फेरि शेयर लगानीकर्तालाई अब के हुने हाे खुल्दुलिमा पारेकाे छ ।

नेप्से परिसूचक १३.६९ अंलकले घटेर २६६४.४७ विन्दुमा रहेकाे छ। सेन्सेटिभ इण्डेक्स ०.६८ अंकले घटेकाे छ । फ्लोट इण्डेक्स ०.७३ अंकले घटेको छ । सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.१२ अंकले बढेको नेप्सेले जनाएकाे छ।

यसदिन काराेबार रकम पनि कम भएकाे छ । मंगलबार १० अर्ब १६ करोड बढीकाे काराेबार भएकाे शेयर बजारमा बुधबार ३०७ स्टकको ८१ हजार ७०३ पटक काराेबार हुँदा ९ अर्ब ९० करोड ७० लाख ५ हजार रुपैयाँबराबरको २ करोड २० लाख ७५ हजार कित्ता किनबेच भएकाे छ ।

तीन कम्पनीहरुकाे शेयरमा सकारात्मक सर्किट लागेकाे छ । बुटवल पावर कम्पनी, पियोर इनर्जी र सिनर्जी पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लागेकाे हाे ।

नेप्सेका अनुसार रिभरफल्स पावरको शेयरमूल्य ८ प्रतिशतले बढेको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा बढी ४.८३ प्रतिशतले घटेको छ।

कारोबारकाे आधारमा राधी विद्युत कम्पनी सबैभन्दा अगाडी रहेकाे छ। कम्पनीको ६१ करोड ५७ लाख रुपैयाँबराबरको शेयर काराेबार भएकाे छ । सानिमा माइ हाइड्रोपावरको ५९ करोड बढीको शेयर खरिदबिक्री भएकाे छ । बुटवल पावर कम्पनीको साढे ५८ करोडको शेयर कारोबार भएको छ।

यसदिन १३ उपसमूहमध्ये ११ उपसमूहहरुको भाउ घटेको छ । एउटाकाे मात्रै बढेको छ। जलविद्युत उपसमूहको १ प्रतिशत बढी बढेको छ।वित्त, होटल तथा पर्यटन, अन्य र व्यापार उपसमूहहरुको भाउ १ प्रतिशत बढी घटेको छ। नेप्सेका अनुसार म्युचुअल फण्ड उपसमूहको स्थिर देखिएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0