काठमाडौं, २२ असाेज । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भएको छ। निर्वाचन समितिका अनुसार उम्मेदवारी फिर्ता लिने समय सकिएसँगै अन्तिम नामावली सार्वजनिक गरिएको हो।
सार्वजनिक नामावलीअनुसार पार्टीको सर्वोच्च पद सभापतिमा दुई जनाबीच सीधा प्रतिस्पर्धा हुने भएको छ। सभापति पदका लागि युवा नेता गगन थापा र श्यामकृष्ण खड्गी मैदानमा उत्रिएका छन्। दुई नेताबीचको यो प्रतिस्पर्धालाई महाधिवेशन प्रतिनिधिहरूले निकै चासोका साथ हेरेका छन्।
यसैबीच, केही प्रमुख पदहरूमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ। पार्टीको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी, महिला-१ उपसभापति पदमा पुष्पा भुसाल पनि निर्विरोध निर्वाचित भएकी छन्।
निर्वाचन समितिले अन्य पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारहरूको अन्तिम सूची पनि महाधिवेशनस्थलमा टाँस गरिसकेको छ। नामावली प्रकाशनसँगै महाधिवेशन प्रतिनिधिहरूमा चुनावी उत्साह थपिएको छ भने मतदानको तयारी तीव्र पारिएको छ।
हेर्नुस् उम्मेदवारहरूको अन्तिम नामावली (मुख्य पदहरू):
- सभापति (२ जना): १. गगन थापा २. श्यामकृष्ण खड्गी
- वरिष्ठ उपसभापति: १. विश्वप्रकाश शर्मा (निर्विरोध निर्वाचित)
- उपसभापति (महिला-१): १. पुष्पा भुसाल (निर्विरोध निर्वाचित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?