नारायण शर्मा, नवलपरासी, १८ असाेज । कांग्रेस निकट आदिवासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तिमगरले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।

आज बिहान पत्रकारमाझ उनले १५औं महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन्। आदीवासी, जनजाती क्लस्टरबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने उनले बताए । उनि पार्टी सभापति गगनथापा निकट मान्छिन्।

नेपाली कांग्रेसको भातृ र शुभेच्छुक संस्थाहरुमा सबैभन्दा उत्कृष्ठ काम गरेको भनेर पार्टी भित्र उनको प्रशंसा हुने गरेको छ।

गत साता जिल्लामा सम्पन्न महाधिबेशन प्रतिनिधिको निर्वाचनमा सर्वाधिक मत सहित बिजयी भएका हुन्। गत ०८२ सालको संसदीय निर्वाचनमा उनि पूर्वी नवलपरासी क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका थिए । उनि घरजग्गा ब्यबसायी समेत हुन्।

यस पटक पूर्वी नवलपरासीवाट कांग्रेसको महाधिबेशन प्रतिनिधि चुनिएका अन्य ५ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

यहिका कांग्रेस नेता शंकर तिवारीले कांग्रेस महामन्त्रीमा उम्मेदवारीको घोषणा गरेका छन । उनि गगनथापाको सचिवालयमा समेत संलग्न रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0