नारायण शर्मा, नवलपरासी, १८ असाेज । पूर्वी नवलपरासीबाट यस पटकको महाधिबेशनमा निर्वाचित भएका ६ नेताले केन्द्रिय समितिको पदाधिकारी र सदस्यमा उम्मेदवार हुने घोषणा गरेका छन्।

कांग्रेसमा बैचारिक बहसको नेतृत्व गर्दै आएको भनेर चिनिएका शंकर तिवारीले काठमाण्डौमा पत्रकार सम्मेलन गरेर महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। त्यसैगरि ओमबहादुर घर्तिमगरले जनजाती क्लस्टरबाट केन्द्रिय सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको छन्।

लगातार दुई पटक यहाँको हुप्सेकोट गाउँपालिकामा अध्यक्ष रहिसकेकी लक्ष्मी पाण्डेले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनि हाल गाउँपालिका महासंघकी केन्द्रीय अध्यक्ष समेत हुन्। त्यसैगरि हालका जिल्ला सभापति महेन्द्रध्वज जिशि, केबि रानाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भन्दै प्रचार शुरु गरेका छन्।

हालका केन्द्रिय सदस्य पूर्व सघिय सांसद बिष्णुकुमार कार्कीले दोश्रो कार्यकालका लागि उम्मेदवार भनेर केन्द्रिय समिति सदस्यका लागि प्रचार शुरु गरिसकेको जानकारी दिए ।

हाल केन्द्रिय सदस्य रहेकी पूर्वी नवलपरासीकी बिष्णुदेवी पाण्डे र पश्चिम नवलपरासीबाट केन्द्रीय सदस्य रहेका राधेश्याम पाठकलाई भने जिल्लामै महाधिबेशन प्रतिनिधिमै आउन नदिएर हराइदिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0