पोखरा, ७ असाेज । हुन्डाईको चर्चित र लोकप्रिय कम्प्याक्ट एसयूभी ‘अल-न्यू भेन्यू’ (All-New VENUE) पोखरामा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नयाँ मोडल सार्वजनिक भएसँगै पोखरा तथा यस आसपासका ग्राहकहरूले हुन्डाईको नयाँ र आधुनिक कम्प्याक्ट एसयूभीको प्रत्यक्ष अनुभव लिन पाउने भएका छन्।
आकर्षक र बोल्ड डिजाइनमा तयार पारिएको अल-न्यू भेन्यूमा आरामदायी फिचर, अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमता (पर्फर्मेन्स) को सम्मिश्रण रहेको छ। गाडीको बाहिरी बनावटलाई आकर्षक बनाउन ‘ट्विन हर्न एलइडी डिआरएल’ (Twin Horn LED DRLs), ‘होराइजन एलइडी रियर कम्बिनेसन ल्याम्प’, ‘डार्क क्रोम ग्रिल’ र ‘सिग्नेचर सी-पिलर गार्निस’ समावेश गरिएको छ।
गाडीको भित्री क्याबिनलाई थप प्रविधिमैत्री र आरामदायी बनाइएको छ। यसमा १०.२५ इन्चको ccNC इन्फोटेनमेन्ट सिस्टम, भ्वाइस/वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड टो, डिजिटल क्लस्टरका साथै ‘पावर्ड टिल्ट-एन्ड-स्लाइड सनरुफ’ जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन्।
गाडीमा पर्फर्मेन्सका लागि दुईवटा इन्जिनको विकल्प दिइएको छ। ग्राहकहरूले ‘काप्पा १.२ लिटर एमपीआई पेट्रोल’ (Kappa 1.2-litre MPi Petrol) र ‘काप्पा १.० लिटर टर्बो जिडीआई पेट्रोल’ (Kappa 1.0-litre Turbo GDi Petrol) इन्जिनमध्ये आफ्नो आवश्यकता अनुसार छनोट गर्न सक्नेछन्। यसले दैनिक यात्रा सहज बनाउनुका साथै रेस्पोन्सिभ टर्बो ड्राइभिङ अनुभव प्रदान गर्छ।
सुरक्षाको दृष्टिले यस एसयूभीमा ६ वटा एयरब्याग, एबीएस (ABS with EBD), इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ESC), भेइकल स्टेबिलिटी म्यानेजमेन्ट (VSM) र हिल-स्टार्ट असिस्ट कन्ट्रोल (HAC) जस्ता महत्त्वपूर्ण फिचरहरू समेटिएका छन्।
नेपाली बजारमा अल-न्यू भेन्यूको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यो गाडी मुख्यतया तीनवटा भेरियन्टमा उपलब्ध छ:
HX 2 (१,१९७ सीसी पेट्रोल)
HX 5+ (१,१९७ सीसी पेट्रोल)
HX 5 DCT (९९८ सीसी पेट्रोल)
नयाँ भेन्यू पोखरास्थित हुन्डाईको आधिकारिक सोरुममा उपलब्ध भइसकेको छ। ग्राहकहरूले सोरुममै पुगेर गाडीको टेस्ट ड्राइभ, अवलोकन तथा थप जानकारी लिन सक्ने कम्पनीले जनाएको छ।