
ब्रसेल्स, २२ जेठ । अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले बिहीबार नाटोलाई यस महिनाको अन्त्यमा हुने शिखर सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन्तुष्ट पार्न सक्ने रक्षा खर्च बढाउने सम्झौतामा सहमत हुन दबाब दिनुभएको छ । ट्रम्पले गठबन्धनका सदस्यहरूलाई नेदरल्यान्ड्समा जुन २४–२५ मा हुने बैठकमा रक्षा बजेट आफ्नो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशतसम्म बढाउन सहमत हुन माग गर्नुभएको छ ।
नाटो प्रमुख मार्क रुटले सन् २०३२ सम्ममा सैन्य खर्चमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तीन दशमलव पाँच प्रतिशत र पूर्वाधार जस्ता सुरक्षा क्षेत्रमा एक दशमलव पाँच प्रतिशत खर्च गर्ने सम्झौताको प्रस्ताव राख्नुभएको छ । “हामी यहाँ राष्ट्रपति ट्रम्पले सुरु गरेको कामलाई जारी राख्न आएका छौँ, जुन यो गठबन्धनमा पाँच प्रतिशत रक्षा खर्च गर्ने प्रतिबद्धता हो, यो हेगमा हुने शिखर सम्मेलनबाट नै हुनुपर्दछ भन्ने हामी सोच्दछौँ”, हेग्सेथले ब्रसेल्समा नाटोका समकक्षीहरूसँगको बैठकको सुरुमा भन्नुभयो, “हाम्रो फोकस यही हो ।
पाँच प्रतिशत, विश्वसनीय र सक्षम सेनाहरूसँग लड्नुहोस् र त्यसपछि नाटो आफ्नो मुख्य मिसन, महाद्वीपीय रक्षामा केन्द्रित छ भनेर सुनिश्चित गर्नुहोस्, जहाँ यसको तुलनात्मक फाइदा अवस्थित छ ।” रुट हेगमा हुने शिखर सम्मेलनका लागि सम्झौता सुरक्षित गर्ने बाटोमा देखिनुहुन्छ भन्ने धेरै कूटनीतिज्ञले बताएका छन् तर केही सहयोगीहरू अझै पनि यस्तो स्तरको खर्चमा प्रतिबद्ध हुन हिचकिचाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























