
किन्शासा, २७ भदौ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला संक्रमितको संख्या ७ हजार नाघेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब तीन हजार ४ सय पुगेको छ ।
शुक्रबार सार्वजनिक गरिएको सरकारी स्वास्थ्य अवस्थासम्बन्धी पछिल्लो विवरणअनुसार सेप्टेम्बर १० सम्म ७ हजार २२ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमणका कारण तीन हजार ३ सय ९८ जनाको मृत्यु भएको छ भने एक हजार ६ सय ७१ जना उपचारपछि निको भएका छन् । हालको तथ्यांकअनुसार संक्रमितमध्ये मृत्यु हुने दर ४८ दशमलव ४ प्रतिशत रहेको छ ।
इबोलाको प्रकोप कङ्गोका सात प्रान्तका ६२ स्वास्थ्य क्षेत्रमा फैलिएको छ । स्थानीय अधिकारीहरूका अनुसार सुद–उबाङ्गी प्रान्तमा पनि एक जनामा संक्रमण पुष्टि भएपछि उक्त प्रान्त पछिल्लो प्रभावित क्षेत्र बनेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




























