
दुबई, १९ भदौ । यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी झडपमा कम्तीमा ८१ लडाकू मारिएका छन् । सैन्य तथा चिकित्सकीय स्रोतका अनुसार सरकारी फौजतर्फ ३९ र हुथीतर्फ ४२ जनाको मृत्यु भएको छ ।
लाल सागरको तटीय क्षेत्र र ताइजमा भएको भिडन्तमा हुथीहरूले रकेट, ड्रोन तथा स्थल आक्रमण गरेपछि झडप चर्किएको हो । सरकारी स्रोतका अनुसार हुथीहरूले रणनीतिक बन्दरगाह सहर मोखालाई अन्य सरकारी नियन्त्रणका क्षेत्रबाट अलग पार्दै बाब अल–मन्दब जलघाँटी आसपास अघि बढ्ने प्रयास गरिरहेका छन् ।
एक दशकभन्दा लामो गृहयुद्धमा फसेको यमनमा सन् २०२२ को युद्धविराम कमजोर बनेपछि पुनः सैन्य तनाव बढेको छ । हुथीहरूले राजधानी सानासहित ठूलो भूभाग नियन्त्रणमा राखेका छन् भने अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई साउदी अरब नेतृत्वको गठबन्धनले समर्थन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




























