
ढाका, २१ जेठ । विश्वव्यापी सहायता कटौतीले संयुक्त राष्ट्रसङ्घको बाल एजेन्सी (युनिसेफ) लाई बङ्गलादेशका रोहिङ्ग्या शरणार्थी शिविरहरूमा एक हजारभन्दा बढी शिक्षकलाई बर्खास्त गर्न बाध्य पारेको बताएको छ ।
एजेन्सीले कोष नआएमा थप रोजगारी जोखिममा रहेको बताएको छ । उत्पीडित र प्रायः मुस्लिम रोहिङ्ग्याहरूका करिब १० लाख सदस्य बङ्गलादेशको अस्वच्छ राहत शिविरहरूमा बस्छन् । तीमध्ये अधिकांश छिमेकी म्यान्मामा सन् २०१७ को सैन्य दमनबाट भागेर आएका हुन् ।
अमेरिकामा नाटकीय रूपमा कोष कटौती भएपछि शिक्षकहरूलाई बर्खास्त गरिएको हो । “विश्वव्यापी सहायता कोष सङ्कटका कारण युनिसेफले रोहिङ्ग्या शरणार्थी बालबालिकाका लागि प्रारम्भिक शिक्षा सेवाहरूलाई प्रभाव पार्ने कठिन निर्णयहरू लिनुपरेको छ”, एजेन्सीले मङ्गलबार राति एक वक्तव्यमा भन्यो ।
युनिसेफले बालबाटिका र प्राथमिक विद्यालयमा काम गर्ने एक हजार एक सय ७९ जनाको सम्झौता समाप्त भएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























