
काठमाडौं, २१ जेठ । साताकाे सुनचाँदीकाे काराेबार हुने चाैथाे दिन बुधबार नेपाली बजारमा सुनचाँदीकाे भाउ बढेको छ । यस दिन सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ। चाँदीमा रुपैयाँ ३० ले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जानकारी गराएकाे छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघका अनुसार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतीतोला ३० रुपैयाँले बढेको छ। यसरी बढेकाे चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतीतोला दुई हजार ४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1






















