पोखरा, २९ साउन । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा कक्षा ११ र १२ का बिद्यार्थीहरुलाई समेटेर बिभिन्न समुहरुमा क्लबहरु गठन गरिएको छ ।

शुक्रवार बिद्यालयले बिद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटनका साथै सामाजिक काम गर्ने उदेश्यले गेम एण्ड स्पोर्टस क्लब, सोसल सर्भिस क्लब र म्युजिक, आर्ट एन्ड लिट्रेचर लिटरेचर क्लब गठन गरिएको प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले बताए ।

जस अन्तरर्गत सोसल सर्भिस क्लवको अध्यक्षमा जेनिफा गुरुङ र सचिवमा विजय नेपाली चयन भएका छन् । क्लवमा १५ जना सदश्य छन् । सोसल सर्भिस क्लवको उदेश्य सामाजिक र शैक्षिक क्षेत्रमा काम गर्ने उदेश्यले गठन गरिएको अध्यक्ष गुरुङले उल्लेख गरिन। त्यस्तै पंकज श्रीसको अध्यक्षतामा गेम एण्ड स्पोर्टस क्लबको गठन गरियो जस्को सचिवमा अनिला गौचन चयन भइन् । ७ जना सदश्य रहेको क्लवको उदेश्य विद्यालयमा हुने आन्तरिक तथा बाह्य खेलहरुको ब्यवस्थापन गर्ने भएको अध्यक्ष श्रीसले जनाए ।

साजन तामाङ अध्यक्ष र सरिता श्रेष्ठ सचिव रहेको म्युजिक आर्ट एण्ड लिटे«चर क्लवमा ८ जना सदस्य रहने गरि गठन गरिएको छ । क्लवको उदेश्य बिद्यालय तथा बाह्य हुने सास्ंकृतिक कार्यक्रमहरुको ब्यवस्थापनामा सहयोग गर्ने भएको अध्यक्ष तामाङले उल्लेख गरे।

विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसंगै अतिरिक्त क्रियाकलापमा समेत संलग्न गराई विविध विषयहरूमा अन्तरनिहित प्रतिभालाई प्रस्फूटन गराउँदै आएको विद्यालयले वार्षिक कार्यक्रम अनुसार नै क्लव गठन गरिएको विद्यालयका प्रशासक चित्र गुरुङले बताए ।

क्लब गठन कार्यक्रममा बिद्यालयका इसिए निर्देशक तेजबहादुर गुरुङ, प्लस टु एकेडेमिक संयोजक गोविन्द सुवेदी, लेखा संयोजक नवराज शर्मा, प्लस टु तर्फका बिभागिय प्रमुखहरुको सहभागिता रहेको थियो । गण्डकी प्रदेशकै पहिलो निजी तहबाट सञ्चालित विद्यालयको रुपमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले बिगत १७ बर्ष देखि म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट ,माउंटेनियरिंङ र कम्प्युटर साइन्सको बिषयमा कक्षा १२ सम्म पढाई हुदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0