रोल्पा, २८ साउन। अविरल वर्षासँगै आएको भीषण पहिरोले घर र गोठ पुर्दा रोल्पाको थबाङमा ठूलो जनधनको क्षति भएको छ। थबाङ गाउँपालिका–५ कोटलबारामा गएको पहिरोमा परी ३ जनाको ज्यान गएको छ भने २ जना घाइते र ९ जना बेपत्ता भएका छन्।

प्रहरीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरूमा स्थानीय १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन्।

दुर्घटनामा परी घाइते भएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

पहिरोमा परी थप ९ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा:

  • ४० वर्षीया जुनकुमारी पुन मगर

  • ९ वर्षीय अशिम पुन मगर

  • ६ वर्षीय अशोक पुन मगर

  • ७५ वर्षीय डलबहादुर पुन मगर

  • ८० वर्षीय अजम्बर पुन मगर

  • ७८ वर्षीय बलबहादुर पुन मगर

  • ७२ वर्षीय लिलबहादुर पुन मगर

  • ७१ वर्षीया मनि पुन मगर

  • ६७ वर्षीया हस्तकला रोका मगर

घटनास्थलमा स्थानीय र प्रहरी टोलीद्वारा बेपत्ताहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0