पोखरा, १२ वैशाख । रेडियो अन्नपूर्ण ९३ दशमलव ४ मेगाहर्जले आफ्नो २५ औँ वार्षिकोत्सव (रजत वर्ष) का] अवसरमा शनिबार वैशाख १२ गते आज रजत महोत्सव समारोह २०८३ आयोजना गरेकाे छ।

रजत वर्षका अवसरमा वर्षभरि  सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको रेडियोले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाको सम्मान तथा रजत वर्ष विशेष स्मारिका प्रकाशन गरेर रजत वर्ष मनाउन लागेको प्रवन्ध निर्देशक सुनयना पालिखेले बताइन्।

शनिबार साँझ ५ बजे टिका रिर्सोटमा आयोजना हुने कार्यक्रममा रजत वर्षको अवसरमा प्रकाशन गरिएको स्मारिकाको  विमोचन गरिने स्टेशन म्यानेजर सन्जय कुमार मल्लले बताए ।

रेडियो अन्नपूर्णले २५ वर्षे यात्रामा स्थानीय सञ्चार माध्यमका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। आगामी दिनमा पनि अझ प्रभावकारी र जनमुखी कार्यक्रममार्फत श्रोतासँग नजिक रहने प्रतिबद्धता व्यक्त गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनेछ।

रेडियो अन्नपूर्णले २०५८ साल वैशाख १२ गतेदेखि प्रसारण सुरु गरेको हो। स्थापना कालदेखि नै यस रेडियोले समाचार, सूचना, शिक्षा, मनोरञ्जन र सामाजिक सचेतनामूलक कार्यक्रममार्फत पोखरा तथा आसपासका श्रोतामाझ आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0