काठमाडौं, २४ चैत । साताकाे शेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेप्सेमा सामान्य अंककाे गिरावट भएकाे छ । काराेबार रकम भने घटेकाे छ। साेमबार ८३ अंकले बढेर बन्द भएको नेप्सेमा यसदिन सामान्य अंककाे गिरावट भएकाे हो।

नेप्से परिसूचक २.६१ अंकले घटेर २७५७.४० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.७८ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.२७ अंकले घटेकाे छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंकले घटेको छ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि निकै घटेको छ। सोमबार करिब ११ अर्बकाे शेयर काराेबार भएकाेमा यसदिन ३४५ कम्पनीहरुकाे ८१ हजार ५८२ पटकको कारोबारबाट ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार रुपैयाँबराबरको १ करोड ७४ लाख ६ हजार कित्ता शेयर किनबेच भएकाे छ।

भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनको शेयरमा सकारात्मक सर्किट लागेकाे छ । त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत बढी बढेको छ। एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य ७.०८ प्रतिशत घटेको छ।

कारोबारकाे आधारमा ङादी ग्रुप पावर अगाडी रहेको छ। कम्पनीको २४ करोड २२ लाख ६१ हजार रुपैयाँबराबरको शेयर काराेबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्सको २४ करोड रुपैयाँ बढीकाे काराेबार भएकाे छ । आँखु खोला जलविद्युत कम्पनीको साढे २३ करोड रुपैयाँ बढीको काराेबार भएको छ।

१३ उपसमूहहरुमध्ये ४ वटा उपसमूहमा हरियाे लागेकाे छ । ९ वटा उपसमूहहरुमा राताे लागेकाे छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०८ प्रतिशते बढेको छ। बैंकिङ्ग, हाइड्रोपावर र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। व्यापार उपसमूहको परिसूचक १.८८ प्रतिशतले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0