पोखरा, २१ चैत । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा शनिवार भएको २४ औँ बृहत रक्तदान कार्यक्रममा १ सय ५० युनिट रगत संकलन भएको छ । साे अवसरमा रक्त अभियन्ता कृष्ण बहादुर थापालाई सम्मान गरिएकाे छ ।

रेडियो र इन्टरनेटको संयुक्त आयोजनामा “रक्तदान म पनि गर्छु” भन्ने नारासहित रेडियो प्राङ्गण पोखरा–४ गैह्रापाटनमा भएको रक्तदान कार्यक्रममा १२० जना पुरुष र ३० जना महिला गरि १ सय ५० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक सिता क्षेत्रीले बताइन्। तीमध्ये ३५ जना नयाँ रक्तदाता रहेका छन् ।

रक्तदान कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले पहिलो रक्तदाता रक्तदान अभियान्ता कृष्ण बहादुर थापालाई ब्लड ब्याग हस्तान्तरण गरेर गरेका थिए । अभियान्ता थापाले यो सगैँ ८४ औँ पटक रक्तदान गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक कार्कीले जिबन बचाउन रेडियोले गरेको कामको प्रसंसा गरे । उनले रगतको विकल्प रगत मात्र भएकाले रगत आपूर्तीको एकमात्र माध्यम रक्तदान नै भएको बताए ।

रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेले रेडियोले आफ्नो स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदानको आयोजना गर्दैै आइरहेको बताइन् । उनले रक्तदान सबैभन्दा पूण्य काम भएको बताउदै यो कार्यक्रमलाई निरन्तर दिदै जाने उल्लेख गरिन् ।

रक्त अभियन्ता थापा सम्मानित

कार्यक्रममा ८४ औँ पटकका रक्तदाता अभियन्ता, सामाजिक व्यक्तित्व, रक्त अभियन्ता, संचारउद्यमी, क्षत्री समाज नेपालका महासचिव कृष्ण बहादुरर थापालाई सम्मान गरिएको छ ।

थापालाई रेडियोका अध्यक्ष विश्वशंकर पालिखे, प्रवन्ध निर्देशक सुनयना पालिखेले दोसल्ला ओढाएर तथा प्रमाण हस्तान्तरण गरेर सम्मान गरेका थिए ।

सो अवसरमा थापाले आफ्नो अनुभव सुनाउदै भने, पहिलो पटक मैले २०५५ साल फागुन ७ गते प्रजातन्त्र दिवशको दिनमा रक्तदान गरेको थिएँ र हालसम्म निरन्तरता दिईरहेको छु । तत्कालिन अवस्थामा जुनियर रेडक्रस सर्कलमा रहेर काम गरेका थापाले रक्त संचार सेवामा कटिबद्ध भएर लागिरहेको बताए ।

८४ औं रक्तदाताको रुपमा आफुलाई सम्मान गरिएकोमा थापाले आफ्लाई सामािजक क्षेत्रमा अँझ सक्रिय भइर लाग्न र जीवन बचाउने यो महाअभियानमा लागिरहन प्रेरित गरेको बताए ।

थापाले आफू स्वस्थ रहेको प्रमाणित गर्दै अर्काको जीवन बचाउने अभियान अन्तर्गत रक्तदान कार्यक्रम भएको बताए । रक्तदान गर्नुपर्छ भन्ने आम जनमानसमा जनचेतना फैलाउने काम रेडियोले गरेको उनले बताए ।

संयोजक सीता क्षेत्रीले रक्तदानप्रति मानिसको भावनामा परिवर्तन ल्याउन स्थापनाकालदेखि नै रेडियोले रक्तदान गर्दै आइरहेको र यो अभियानकै रुपमा रहेको बताइन् ।

कार्यक्रममा रेडियोका अध्यक्ष विश्वशंकर पालिखे, पोखरा इन्टरनेटका प्रबन्ध निर्देशक विजेश पालिखे, रेडियोका स्टेशन म्यानेजर सञ्जयकुमार मल्ल मार्केटिङ म्यानेजर नारायण पौडेल, पोखरा उद्योग बाणिज्य संघका महासचिव शोभा गौतमले रेडियोले गरेका काम र रक्तदानको महत्वमाथि प्रकाश परेका थिए । प्रादेशिक रक्तसञ्चार सेवा पोखरा र फिस्टेल नर्सिङले प्राविधिक सहयोग गरेका थिए ।

कार्यक्रममा सहकार्य गर्ने संघ संस्थाहरूमा पोखरा फाइनान्स लिमिटेड, प्रभु बैँक लिमिटेड, नेपाल बैङ्क लिमिटेड, जोन्टा क्लब पोखरा, गुहेश्वरी मर्चेन्ट बैङ्किङ एण्ड फाइनान्स लिमिटेड, लायन्स क्लब अफ पोखरा सेन्टीनियल, सलिको इन्स्योरेन्स, नेपाल बिमा प्राधिकरण, रुपाकोट ज्योति सुनचाँदी पसल, लायन्स क्लब अफ पोखरासेती गंगा, बराल फिड इन्ड्रष्टिज, नेलम्बो नेपाल, तालवाराही फामेर्सी, माइबुक्स स्टेशनरी, फिष्टेल नर्सिङ कलेज, चौधरी ग्रुप, ग्रिन डेभलपमेन्ट बैँक लिमिटेड, अतिथि रिर्सोट एन्ड स्पा, बृज एडिटिभ्स,दिब्य नयन आँखा घर न्युरोड, पेनगुइन पानी रहेका थिए।

फोटो : तीर्थ के.सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0