काठमाडौं, ९ चैत । सुनचाँदीकाे भाउ घट्ने क्रम राेकिएकाे छैन । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्नाे दिन साेमबार पनि सुनचाँदीकाे भाउमा गिरावट भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुनको भाउमा प्रतितोला ६ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ११५ रुपैयाँ घटेको छ।

आज छापावाल सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ११५ रुपैयाँले घटेको हो । चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा काराेबार भइरहेको छ । आईतबार चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0