पोखरा २९ फागुन । रेडियो अन्नपूर्ण र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा आउँदो चैत २१ गते बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।

रेडियोले वार्षिक कार्यक्रम तथा सामाजिक उत्तरदायित्व अन्र्तगत यसबर्ष पनि चैतको तेश्रो शनिबार “रक्तदान म पनि गर्छु” भन्ने मूल नाराका साथ २४औं बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको रेडियोका स्टेशन म्यानेजर संजयकुमार मल्लले जानकारी दिए।

रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरु समेत गठन गरिएको छ । बुधबार बसेको बैठकले सिता क्षेत्रीलाई संयोजक र शोभा नेपाललाई सह–संयोजकको जिम्मेवारी दिइएको छ ।

त्यस्तै आरजु बिष्ट “सल्यानी”, राजाराम पौडेल, बिष्णु बास्तोला र सबिन रेग्मीलाई प्रचारप्रसार तथा निमन्त्रणा संयोजकको जिम्मेवारी दिइएको छ । आर्थिक ब्यवस्थापनमा नारायण पौडेल, शैलेस श्रेष्ठ, अगन्धर सुवेदी र अर्चना अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै कार्यक्रम ब्यवस्थापकमा सञ्जय मल्ल र कञ्चन थापा रहेका छन् । डिजिटल प्रचारको लागि आर्यन थापा र कृष्ण सुवेदीलाई तोकिएको छ । स्वयमसेवक परिचालनमा रोशनी गुरुङ, बिष्णु गुरुङ र सविता कार्कीलाई जिम्मेवारी दिइएको छ । बैठकले प्राविधिक जिम्मेवारीमा अरविनबिक्रम राणा र अर्यान थापालाई जिम्मेवारी दिइएको स्टेशन म्यानेजर मल्लले बताए। रेडियोले गएको बर्षको रक्तदानमा १ सय ३० युनिट रगत सङ्कलन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0