काठमाडौं, ११ फागुन । साताको शेयर काराेबार हुने दोस्रो दिन साेमबार नेप्सेमा सामान्य बृद्धि भएकाे छ । नेप्से परिसूचक सामान्य अंकले बढेकाे छ । केहि दिन लगातार घट्दै आएकाे नेप्सेमा यसदिनकाे उकालाेकाे यात्राले लगानीकर्तामा उत्साह थपिएकाे छ ।

नेप्से परिसूचक २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.६५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंकले बढेकाे छ । सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंकले बढेको छ। नेप्सेमा सामान्य बृद्धि भएपनि कारोबार रकम घटेको छ।

आइतबार ६ अर्ब ६९ करोड रुपैयाँबराबरको शेयर काराेबार भएकाेमा साेमबार ३२९ कम्पनीहरुकाे ५६ हजार ३४७ पटकको कारोबारबाट ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रुपैयाँबरारबको १ करोड २६ लाख २१ हजार कित्ता शेयर किनबेच भएको छ।

सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेकाे छ। बैंकको शेयरमूल्य यस दिन ३९ रुपैयाँ ९० पैसा बढेर ४३९ रुपैयाँ २० पैसामा कारोबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ । मेगा म्युचुअल फण्ड १ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशत बढी बढेको छ। एनआईबिएल समृद्धि फड २ को इकाईमूल्य ४.८१ प्रतिशत घटेको छ।

कारोबारकाे आधारमा आँखु खोला जलविद्युत अगाडी रहेकाे छ। कम्पनीको ३६ करोड २ लाख रुपैयाँबराबरको शेयर काराेबार भएको छ। रिडी पावर डेभलपमेन्टको ३२ करोड रुपैयाँभन्दा बढीको तथा एसवाई प्यानल नेपालको साढे २८ करोड रुपैयाँ बढीकाे काराेबार भएकाे छ।

१३ उपसमूहमध्ये ६ वटामा हरियाे लागेकाे छ । बाँकी रहेका ७ उपसमूहहरुमा राताे लागेकाे छ। बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक केहि बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0