
पोखरा, २४ माघ । पोखरा महानगरपालिका वडा नं ३ निवासी डा. विनोद तुलाचन र डा.बालमुकुन्द तुलाचनलाई मातृ शोक परेको छ ।
उहाँहरुकी ममतामयी माता समाजसेवी इन्द्रदेवी तुलाचनको शुक्रबार माघ २३ गते साँझ ९३ वर्षको उमेरमा निधन भएको कान्छा छोरा डा. बालमुकुन्दले जानकारी दिनुभयो ।
स्वर्गिय इन्द्रदेवीको पार्थिव शरिरलाई शनिवार माघ २४ गते वौद्ध अर्घौंसदन रामघाटमा बिहान ११ वजेपछि परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ ।

स्वर्गिय इन्द्रदेवी स्व डा. प्रकाश तुलाचनको धर्मपत्नि हुनुहुन्छ । उहाँ ब्रम्हकुमारी राजयोग केन्द्रमा सदस्य हुनुहुन्थ्यो ।
पोखरा र छेउछाउका जिल्लाहरुका विरामीहरु निकै परिचित छन् । प्रकाश डाक्टर भनेपछि नदीपुर क्षेत्रमा मानक नै बनेको छ । कोहि विरामी भएपछि प्रकाश डाक्टरलाई देखाउ भन्ने भनाई आम जनमानसमा रहेको छ ।
बुबा डा.प्रकाश तुलाचनको त्यो स्वास्थ्य क्षेत्रमा दिएको योगदानलाई अहिले छोराहरु विनोद र बालमुकुन्दले धानिरहनु भएको छ । परिवारमा माता इन्द्रदेवी नेतृत्वदायी भूमिका हुन्थ्याे ।
छोरा बालमुकुन्दले तत्कालिन अवस्थामा बुबाले सुरुमा मोहरियाटोलमा स्वास्थ्य क्लिनिक खोलेर सेवा दिनुभएको बताउनु भयाे । जहाँ तत्कालिन पश्चिमाञ्चलका विरामीहरु खोज्दै आउनु हुन्थ्यो ।
२०३७ सालतिर हुनुपर्छ बुबाले नदीपुर घरमा क्लिनिक सारेर सेवा दिनुभयो । हामीले बुबालाई सघायौं । बुबाको निधनपछि हामी दाजुभाई स्वास्थ्य क्षेत्रकै सेवालाई निरन्तरता दिईरहेका छौं ।
स्व.इन्द्रदेवीका दुई छोरा डा.विनोद र बालमुकुन्द तथा छोरी ज्वाई रजनी शेरचन र विकल तुलाचन हुनुहुन्छ ।






















