काठमाडौं, १३ माघ । साताकाे शेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेप्सेमा उच्च अंककाे गिरावट भएकाे छ । साेमबार सामान्य अंकले घटेको नेप्सेमा आज १.५३ प्रतिशतले गिरावट भएकाे छ ।

नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ७.३७ अंकले घटेको छ । फ्लोट इण्डेक्स ३.०९ अंकले घटेकाे छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स २.६४ अंकले घटेको छ।

यसदिन काराेबार रकम पनि केहि घटेकाे छ । सोमबार १६ अर्ब ३५ करोडकाे काराेबार भएकाेमा मंगलबार ३३३ कम्पनीहरुकाे १ लाख ४२ हजार ४७६ पटकको शेयर कारोबारमा रु १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार रुपैयाँबराबरको ३ करोड २ लाख ६२ हजार कित्ता शेयर किनबेच भएकाे छ।

सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.५६ प्रतिशतले बढेको छ। दरमखोला हाइड्रो इनर्जी तथा माया खोला हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशतले बढेको छ। ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य ६.९३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी अगाडी रहेकाे छ। कम्पनीको ५७ करोड ८५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। एसवाई प्यानल नेपालको साढे ५७ करोड रुपैयाँ बढीको काराेबार भएको छ । आँखु खोला जलविद्युत कम्पनीको ५१ करोड रुपैयाँ बढीकाे शेयर काराेबार भएकाे छ।

१३ उपसमूहहरुमध्ये १२ उपसमूहहरुमा हरियाे लागेकाे छ । एउटा उपसमूहको परिसूचक स्थिर देखिएकाे छ। वित्त उपसमूहको परिसूचक २.४४ प्रतिशतले घटेको छ। बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशत बढी घटेकाे नेप्सेले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0