
पोखरा, १२ पौष । तमु धिं नेपालले पौष १४, १५ र १६ गते पोखराको पुरानो टुँडिखेलमा आयोजना गर्न लागेको राष्ट्रिय पर्व बिगमार्ट तमु ल्होछार २०८२ को पूर्व सन्ध्यामा विभिन्न सामाजिक, सेवामूलक तथा सहयोगका कार्यक्रम गरिरहेको छ ।
कार्यक्रम अनुसार आज शनिबार महोत्सव स्थल पुरानो टुँडिखेलमा सरसफाई गरिएको छ । मूल आयोजक समितिका संयोजक तथा तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुको नेतृत्वमा संस्थाका पदाधिकारी, सदस्यहरु, पोखरा महानगरपालिका सरसफाई शाखाका कर्मचारी र स्थानियसहितको टोलिले सरसफाई गरेको हो ।

यसअघि शुक्रबार १० जना विरामीलाई औषधोपचारको लागि २ लाख ५० हजार सहयोग वितरण गरिएको थियो । सो रकम मेजर जयबहादुर उदय चन्द्र मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषबाट जनही रु २५ हजारको दरले वितरण गरिएको हो ।
बिहिबार पौष १० गते तमु कलाकार संघ गण्डकीको रोधिं साँझ तथा ल्होछारको शुभकामना कार्यक्रम गरिएको थियो ।
त ल्हो (घाेडा बर्ग) आगमनको अवसरमा महाेत्सव अघि आयोजना गर्न लागिएका अन्य कार्यक्रमहरुमा पौष १३ गते तमु सहयोग समितिले बिहान तमु ह्युलचोकमा सरसफाई गर्ने र बेलुका ५ बजे सोहि स्थानमा दीप प्रज्वलनको कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए ।
पौष १४ गतेदेखि पौष १६ गतेसम्म आयोजना हुने महोत्सवको पहिलो दिन पौष १४ गते बिहान ११.३० बजे पोखरा ३ नदीपुरस्थित प्रहरी बिटको अगाडीबाट तमु भेष भुषासहितको झाँकी र्याली आयोजना गरिने भएको छ । र्याली भैरवटोल, मोहरियाटोल, विन्दवासिनी हुँदै टुँडिखेलमा पुगेर समारोह समाहित हुनेछ ।
महोत्सवमा मौलिक झाँकी तथा सांस्कृतिक प्रस्तुति, खुल्ला लोक नृत्य प्रतियोगिता, रोधीं एवं दोहोरी गीत प्रतियोगिता, चर्चित कलाकारहरुको प्रस्तुति, व्याण्डहरुको कन्सर्ट र गुरुङ भेष भुषा तथा भाषा प्रतियोगिता हुनेछ । साथै आकर्षक स्टलहरु रहने, वालउद्यान, आमन्त्रित पुरुष भलिवल प्रतियोगिता, खुल्ला छेलो प्रतियोगिता हुने भएको छ । प्रतियोगिताका विजयीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताका विजयीलाई आकर्षक पुरस्कार



























