पोखरा, २७ मंसिर । पोखरा महानगरपालिका वडा नं ३ स्थित कन्यामार्ग टोल विकास संस्थाले टोलका शनिबार दिदिबहिनीहरुका लागि एकदिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाकी निवर्तमान अध्यक्ष लक्ष्मी पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उत्प्रेरक विकल शेरचनले सामाजिक संजाल र विभिन्न खेलहरुको नकारामक प्रभाव बारे सहजिकरण गरे ।

बालबालिकाहरुमा बढ्दै गएको मोबाईलको प्रयोगले भविष्यमा निकै अफ्ठेरो पार्न सक्ने भएकोले स्वयं अभिभावक यसबाट सचेत हुनुपर्ने र बालबालिकालाई अन्य सिर्जनात्मक, अध्ययन लगायतका विषयहरुमा अभ्यस्त गराउन आवश्यक भएको बताए ।

अधिवक्ता सरिता तिमिल्सिना पगेनीले महिला हिंसा तथा यसका कानूनी उपचारमा विविध विषयमा सहजिकरण गरेकी थिईन् । हिंसालाई सहने भन्दा पनि बाहिर ल्याउनु पर्ने र दोषिलाई कानूनसम्मत उपचार बाटोमा जानुपर्ने बताईन् । उनले यसका बारेमा खुलेर बाेल्नुपर्ने बताइन् ।

वडा नं ३ का वडा अध्यक्ष प्रकाश उदासको प्रमुख आतिथ्यितामा भएको कार्यक्रममा शुभकामना व्यक्त गर्दै वडा नं ३ का वडा सदस्य सनकमान सिके र सवि परियारले सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सुझाए ।

कार्यक्रममा सहभागिलाई स्वागत गर्दै संस्थाकी कोषाध्यक्ष सावीत्रा पराजुलीले दिदिबिहनीहरुलाई सचेत गराउन, नयाँ कुराहरुको जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताईन् । उनले भविष्यमा पनि महिला शसक्तिकरणका कार्यक्रमलाई निरन्तरता दिईने बताईन् ।

संस्थाकी निवर्तमान अध्यक्ष लक्ष्मी पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन निवर्तमान सचिव गीतादेवी पौडेलले संचालन गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0