पोखरा, २६ मंसिर । ट्राईको गड्यौली मलको उत्पादन सगैँ प्रयोगले प्रभावकारीता पाउदै गएको छ । बिहिबार ली–बर्ड परियोजना अन्तरर्गत रहेको नेपालमा प्राकृतिक स्रोतको उपायोगिता मार्फत विकास र उत्थानशिलता प्रबर्धन (प्रेरणा) कार्यक्रमले गरेको अनुगमनले उक्त मल प्रभावकारी भएको निर्कष निकालेको हो ।

संस्थाले पोखरा १८ मा रहेको ठोटने खोला सामुदायिक वन उपभोक्ता समुह र कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकमा रहेको माछापुच्छ्रे ट्राईको गड्यौली मल उत्पादन केन्द्रमा अवलोकन गरेको ली–बर्डका बरिष्ट कार्यक्रम अधिकृत अनुपम उप्रेतीले बताए ।

अनुगमनमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका महानिर्देशक बासु देव काफ्ले, सोहि मन्त्रालयका प्रदेशका सचिव बासु देव रेग्मी, ली–बर्डका कार्यकारी सचिव बेनी बहादुर बस्नेत, ली–बर्डका बजार सुपरिवेक्षक टुक प्रसाद शर्मा,बरिष्ट कार्यक्रम अधिकृत ईन्द्र प्रसाद पौडेल कृषि बिकास कार्यलयका कास्की प्रमुख, प्रदेश कृषि प्रयोगशाला प्रमुख, शाखा प्रमुख ,बागवानी प्रयोगशाला मालेपाटन प्रमुख र कृषि बैज्ञानिक, पोखरा माहानगरपालिकका कृषि माहाशाखाका प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको थियो।

ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समुहका मल उत्पादक किसान प्रशान्त श्रेष्ठले मल उत्पादनले गर्दा बनमा हुने आगालागी जोखिम कम र अनावश्यक झाडि पनि फडानि हुनुका साथै मल उत्पादन गदै आइरहेको बताए । उनले उक्त मल प्रभावकारी रहेको र किसान मल किन्नको लागि घर सम्म आउने गरेको सुनाए ।

त्यस्तै माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकका कृषक लक्ष्मी पौडेलले ढकालले ट्राईको गड¥यौली मल उत्पादन र प्रयोग पश्चात खेती उत्पादनमा उल्लेख्य बृद्धि भएको उल्लेख गरे।

(प्रेरणा)परियोजना अन्तरर्गत बिगत १ बर्ष देखि कास्कीका २ पालिकामा प्रेरणा परियोजना सञ्चालनमा रहेको छ । कार्यक्रममा आार्थिक सहयोग वेयर फाउनडेसन र कार्यनवयन संस्थाहरु आई डी र्ई नेपाल र ली बर्ड रहेको छन्।

प्रेरणा परियोजनाले प्राङगारिक मल ट्राईको गडयौली मल उत्पादन र प्रबद्र्धन गर्न सहयोग पुगेको र रसायनिक बिषादी मलको प्रयोग घटाउनुका साथै साना किसानको बाली उत्पादनमा र आयआर्जनमा बृद्धि भएको ली बर्डका मार्केटिङ्ग सुपरभाईजर टुक प्रसाद शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0