काठमाडौं, ११ जेठ । साताकाे सुनचाँदीकाे काराेबार हुने पहिलाे दिन आईतबार नेपाली बजारमा सुनकाे भाउ बढेकाे छ । चाँदीकाे भाउ भने स्थिर रहेकाे छ ।

यसदिन छापावाल सुनको भाउ प्रतितोला एक हजार ४०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघले छापावाल सुन ताेलाकाे एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको जनाएकाे छ ।

यसअघि शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा काराेबार भएको थियो ।

आज चाँदी प्रतीतोला दुई हजार ५ रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ । शुक्रबार पनि चाँदी साेहि भाउमा काराेबार भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0