
नारायण शर्मा, नवलपरासी, ९ कार्तिक । जेन जी आन्दोलनताका मकवानपुरको भिमफेदी कारागारबाट भागेका कैदीको पूर्वी नवलपरासीको गैडाकोटमा हत्या भएको छ ।
नवलपरासीका एसपी युवराज खड्काले दिएको जानकारी अनुसार ७–८ जनाको ग्यांग मिलेर २८ वर्षीय नारायण कुमालको गत शुक्रवार हत्या गरेका हुन । मृतक चितवनको कालिका नगरपालिका–४ पदमपुर निवासी थिए । हत्यामा संलग्न आरोपमा ५ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको एसपी खड्काले जानकारी दिए ।
जेनजी प्रदर्शनको समयमा गत भदौ २४ गते भिमफेदी कारागारबाट उनि अन्य कैदीसंगै भागेका थिए । बलात्कार कसुरमा उनलाई अदालतले १० वर्ष कैद र ३५ हजार जरिवाना हुने फैसला गरेको थियो । २०७४ साउन ३ मा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1






















