पोखरा असार २६/ पोखरामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ । गए राति ४ बजेको समयमा पोखरा महानगरपालिका वडा न.२६ सहेलापाटामा पहिरो जादा सोही ठाउँमा बस्ने २२ बर्षका भिम बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।

मन बहादुर थापाको ब्लकले बनेको जस्ताले छाएको १ तले कच्ची घरमा २० मिटर माथिबाट आएको पहिरोले कोठा पुरिन पुगेको हो । उक्त घटनामा परेकि ५० बर्ष कि कमला थापलाई सकुसल स्थानिय र प्रहरीले उद्धार गरेको कास्की प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0