
वासिङ्टन, २४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक दर्जनभन्दा बढी देशलाई उच्च भन्सार शुल्क लगाउने धम्की दिएर आफ्नो व्यापार युद्धलाई पुनःस्थापित गर्नुभएको छ । यद्यपि त्यसपछि उहाँले सम्झौतामा पुग्नका लागि आफ्नो नयाँ अगस्टको समयसीमा लचिलो हुनसक्ने बताउनुभएको छ ।
अमेरिकाका प्रमुख सहयोगीहरू जापान र दक्षिण कोरियासहितका व्यापारिक साझेदारहरूलाई पत्र पठाउँदै ट्रम्पले अप्रिलमा निलम्बन गरेको भन्सार शुल्क तीन हप्तामा अझ तीव्र रूपमा फिर्ता हुने घोषणा गर्नुभएको थियो । टोकियो र सियोललाई उनीहरूका सामानमा २५ प्रतिशत कर लगाउने उहाँले लेख्नुभएको छ ।
इन्डोनेसिया, बङ्गलादेश, थाइल्यान्ड, दक्षिण अफ्रिका र मलेसियालगायतका देशहरूलाई २५ प्रतिशत देखि ४० प्रतिशत सम्मका भन्सार शुल्क लगाइएको छ । तर आफ्नो करहरूद्वारा पहिले नै अस्थिर वैश्विक अर्थतन्त्रमा नयाँ अनिश्चितता निम्त्याउने कदममा ७९ वर्षीय ट्रम्पले एक पटक फेरि देशहरूलाई सम्झौता गर्न ठाउँ छाड्नुभएको छ ।
“म दृढ भन्छु, तर सतप्रतिशत दृढ होइन”, अगस्ट १ को समयसीमा दृढ छ कि छैन भनेर सोध्दा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको रात्रिभोजमा ट्रम्पले पत्रकारहरूलाई भन्नुभयो । पत्रहरू उहाँको अन्तिम प्रस्ताव हो कि होइन भनेर सोधिएको प्रश्नमा ट्रम्पले जवाफ दिनुभयो, “म अन्तिम भन्छु–तर यदि तिनीहरूले फरक प्रस्तावका साथ फोन गरे र मलाई यो मनपर्यो भने, हामी यो गर्नेछौँ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




























