
कोपेनहेगन, २८ जेठ । मे महिनामा आएको गर्मीको लहरका कारण ग्रिनल्यान्डको बरफको पत्र विगतको औसतभन्दा १७ गुणा छिटो पग्लिएको वल्र्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए) ले बुधबार एक रिपोर्टमा जनाएको छ । यो तापक्रमले आइसल्यान्डलाई पनि प्रभावित पारेको थियो । आर्कटिक क्षेत्र भूमण्डलीय तापक्रमको अग्रपङ्क्तिमा छ ।
वैज्ञानिक जर्नल नेचरमा सन् २०२२ मा प्रकाशित अध्ययनअनुसार यो सन् १९७९ देखि पृथ्वीका अन्य भागहरूभन्दा चार गुणा छिटो तातिएको छ । “प्रारम्भिक विश्लेषणबाट ग्रिनल्यान्डको बरफको पत्र १७ गुणाले पग्लने दर.. यसको मतलब समुद्री सतह वृद्धिमा ग्रिनल्यान्डको बरफको पत्रको योगदान यो तापक्रम नआएको भए जति हुने थियो त्यसभन्दा बढी छ,” प्रतिवेदनका एक लेखक, इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञानकी सहप्राध्यापक फ्रिडेरिके ओटोले पत्रकारहरूलाई भन्नुभयो, “जलवायु परिवर्तन नभएको भए यो असम्भव हुने थियो ।”
आइसल्यान्डमा मे १५ मा तापक्रम २६ डिग्री सेल्सियस (७९ फारेनहाइट) पार गर्यो । यो उपआर्कटिक टापुका लागि त्यो समयमा अभूतपूर्व थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























