
काठमाडौ, असोज १४ । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। असोज १४ गते बुधबार सुनको मूल्य प्रतितोला दुई हजार ८०० रुपैयाँले बढ्दा चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























