पाेखरा, १२ असाेज । समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्थाको २० औ साधारणसभा सम्पन्न भएको छ।

स्थापना देखि संस्थाले रेडियो सराङकाेट, समाजिक सेवाका विविध कार्यसहित सदस्यहरुको आर्थिक सहभागितामा वित्तिय कारोबार गर्दै आएको छ।

संस्थाका सल्लाहकार भागबत भाष्कर कमलनयन गौतमले अहिलेसम्म सबै परिस्थितिमा संस्था जिम्मेवारीका साथ निरन्तर सञ्चालनमा रहनु महत्त्वपूर्ण कार्य भएको बताउनु भयो ।

जेष्ठ सदस्य तिर्थमान प्रदानङ्ग, रेडियो सराङकाेटका समाचार प्रमुख कमल पौडेल अथक, असल सदस्य कारोबारी बालकृष्ण बराल, शर्मिला जि सि, बर्ष उत्कृष्ट कर्मचारी पवन श्रेष्ठ, सदस्य अमृत पोख्रेल, उत्कृष्ट विद्यार्थी लगायतलाई संस्थागत सम्मान गरेकाे छ ।

पूर्ब अध्यक्ष, सल्लाहकार कृष्ण बहादुर थापाले संस्थाको बिगत देखि बर्तमान समयसम्म आउँदा संस्थाको सक्रिय भूमिकाका बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।

संस्थाका अध्यक्ष शिव बहादुर बानियाको सभापतित्वमा भएको कार्यक्रममा पूर्ब अध्यक्ष प्रेमबहादुर जिसि, सुशील राज पराजुली, सल्लाहकार शोभियत बहादुर अधिकारी, ईन्द्रकमल मानन्धरले संस्थाको उदेश्यमा सम्पूर्ण सदस्य सकृय हुनुपर्ने बताए ।

संस्थागत रूपमा प्रस्तुत गरिएको सचिव जयराम पौडेल, कोषाध्यक्ष शिव बहादुर थापा, लेखा समिति संयोजक कुलप्रसाद सुबेदी, कर्जा असुली संयोजक उपाध्यक्ष राममणि पौडेल, ब्यबस्थापक सुरेन्द्र थापाले प्रस्तुत गरेको प्रतिबेदन छलफलसहित पारित गरिएकाे छ ।

६०० भन्दा बढि सदस्य रहेको संस्थाले यस बर्ष कुल कारोबार १ अर्ब ६८ लाख, बचत फिर्ता १ अर्ब ६७ लाख, कर्जा लगानी ४८ करोड र शेयर ४ करोड ३६ लाख रहेको ब्यबस्थापक सुरेन्द्र थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0