
काठमाडौं, ३० भदौ। गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ ।
नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कारोबारमा बढोत्तरी भएको छ ।
राष्ट्र बैंकका अनुसार आव २०८१/८२ मा भने रु तीन खर्ब ८६ अर्ब १५ करोड अर्ब बराबरको घरजग्गा कारोबार भएको थियो ।
आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबारको सङ्ख्या आव २०८१/८२ को तुलनामा चार दशमलव ७४ प्रतिशतले बढेको छ । अघिल्लो आवको तुलनामा २०८१/८२ मा भने घरजग्गाको कारोबार सङ्ख्या एक दशमलव ८४ प्रतिशतले घटेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1






















