पाेखरा, २० भदाै । पोखराको हेमजामा दोस्रो हेमजा राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने भएको छ । हेमजा साहित्य प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा आगामी मंसिर ४ देखि ६ गतेसम्म बिभिन्न कार्यक्रमसहित राष्ट्रिय साहित्य महोत्सव गर्न लागेको जानकारी दिईएको छ ।

महोत्सवका लागि कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा २१ सदस्यीय मुल समारोह समिति चयन गरिएको प्रतिष्ठानका अध्यक्ष सुनिल गायकले जानकारी दिए । समितिको  सह संयोजकमा बलराम पौडेल, उप संयोजकमा शिव पोखेल, दुर्गादेवी बस्नेत ,अम्बिका भण्डारी र परशुराम अधिकारी छन् ।

त्यस्तै महासचिवमा कोबिद शरण उपाध्याय, सचिवमा  महाकाब्यकार  बसन्त चालिसे, धर्मराज पौडेल अल्पायु, चन्द्रावती वाग्ले, बसन्त त्रिपाठी, उमा पौडेल भुर्तेल, कोषाध्यक्षमा सोमनाथ गौतम र सह कोषाध्यक्ष दिवाकर पौडेल रहेका छन् । सदस्यहरुमा  शशि अधिकारी, सम्मर बहादुर गायक, गीता बराल अधिकारी, शोभा कोइराला त्रिपाठी, मिन बहादुर थापा, सुरेश रमण अधिकारी चयन भएको प्रतिष्ठानले जनाएको छ ।

महोत्सव व्यवस्थापनका लागि पहिलो बैठकबाट सल्लाहकार समिति गठनसहित थप बिस्तार गरिने महासचिव कोबिद शरण उपाध्यायले बताए । महोत्सवलाई भव्य बनाउन पोखरासहित आसपासका साहित्यिक संस्थालाई पनि समावेश गरिएको उनले जानकारी दिए । समिति गठनसँगै महोत्सवको तयारी पनि सुरु गरिएको संयोजक कृष्ण प्रसाद पौडेलले बताए ।महोत्सवमा साहित्यका बिभिन्न विधासहित लोक भजन र संस्कृति पनि समेटिने बताईएको छ ।

प्रतिष्ठानले पहिलो हेमजा राष्ट्रिय साहित्य महोत्सवको आय व्यय पनि सार्वजनिक गरेको छ ।प्रथम महोत्सवमा १० लाख ४९ हजार २८ रुपैयाँ आम्दानी भएकोमा १० लाख ५१ हजार २८ रुपैयाँ खर्च भएको छ । महोत्सवमा सबैभन्दा बढी खर्च देशव्यापी प्रचार प्रसार यात्रामा भएको जनाईएको छ । जसमा १ लाख ९५ हजार खर्च भएको छ ।

कार्यक्रममा पोखरा २५ का वडा सदस्य सुबास भण्डारीले आलु महोत्सवले चिनिएको हेमजा, अब साहित्यिक क्षेत्रको रुपमा पनि परिचित हुने बताए । उनले नेपाली साहित्यका राष्ट्रिय व्यक्तित्वहरु यसै क्षेत्रका भएकाले पनि महोत्सव सफल हुने विश्वास व्यक्त गरे ।प्रतिष्ठानका संरक्षक बसन्त बास्तोललले सबैको साथ र सहयोगबाट महोत्सव भव्य र सभ्य हुने बताए । प्रतिष्ठानका अध्यक्ष सुनिल गायकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष सोमनाथ गौतम र संचालन प्रतिष्ठानका संस्थापक सचिव कोबिद शरण उपाध्यायले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0