
काठमाडौं, २० भदाै । SAIC MAXUS China को सहयोग तथा Himalaya Organization को समन्वयमा MAXUS Nepal ले नेपालमा हालैको विपद्बाट प्रभावित समुदायका लागि करिब रु. ८० लाख बराबरको राहत सहयोग प्रदान गरेको छ।
कम्पनीले प्रत्यक्ष आर्थिक सहयोगसहित दिगो स्वच्छ खानेपानी व्यवस्थापन र आवश्यक खाद्यान्न तथा जिन्सी सामग्रीहरू वितरण गरेको हो।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सहयोग उपलब्ध गराएको हो:
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग: MAXUS Nepal ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु. ५० लाखको चेक केही दिनअघि माननीय अर्थमन्त्रीलाई हस्तान्तरण गरिसकेको छ।
- खानेपानी र राहत सामग्री (रु. ३० लाख): त्रिशूली नदी पारिका विपद् प्रभावित क्षेत्रका दुईवटा होल्डिङ सेन्टरमा स्वच्छ खानेपानीका लागि ‘अल्ट्रा फिल्टर वाटर ट्रिटमेन्ट प्लान्ट’ जडान गरिएको छ। साथै, करिब ४०० जनालाई पुग्ने अत्यावश्यक राहत सामग्रीसमेत वितरण गरिएको छ।
३०० परिवार र २०० परिवार रहेका आश्रयस्थलमा वाटर प्लान्ट जडान
सौर्य ऊर्जामा आधारित र प्रतिघण्टा १,००० लिटर पानी शुद्धीकरण गर्ने क्षमता भएका खानेपानी प्रणाली नुवाकोटका दुई विद्यालयमा जडान गरिएका छन्:
१. श्री भैरम माध्यमिक विद्यालय (त्रिशूली, नुवाकोट): हाल करिब ३०० परिवार अस्थायी आश्रयमा रहेका छन्।
२. त्रिशूली प्राथमिक विद्यालय (विदुर नगरपालिका, नुवाकोट): हाल करिब २०० परिवार अस्थायी आश्रयमा रहेका छन्।
यो प्रणालीबाट अस्थायी आश्रयस्थलमा रहेका परिवारले सुरक्षित खानेपानी पाउनेछन् भने विद्यालय पुनः सञ्चालनमा आएपछि विद्यार्थीहरू लाभान्वित हुनेछन्।
राहत सामग्री वितरणमा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, प्रबन्ध निर्देशक मिलन थापा, कम्पनीका कर्मचारीहरू र लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपालका चिफ गभर्नर रामराजा थापालगायत पदाधिकारीहरूको प्रत्यक्ष संलग्नता रहेको थियो।
वितरण गरिएका राहत सामग्रीहरूमा ओछ्यान (डसना, सिरानी, तन्ना), औषधि तथा स्वास्थ्य सामग्री, खाद्यान्न र तरकारी, खाना पकाउने भाँडाकुँडाका साथै पुरुष, महिला र बालबालिकाका लागि कपडाहरू समावेश छन्।
























